कर्णाली प्रदेश :  कर्मचारीलाई कार्यसम्पादन तत्काल गर्न मन्त्री शर्माको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले

सम्बन्धित सामग्री

माओवादीले कर्णाली प्रदेश सरकारबाट दुुई जना मन्त्री फिर्ता बोलायो

सिमकोट – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा नयाँ दुई जनालाई सहभागी गराउन माओवादीले हालका ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएको हो। माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर […]

कर्णाली प्रदेश सरकारले एचए र स्टाफ नर्स पढाउने

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए […]

कर्णाली प्रदेश सरकारले ‘कर्णाली सिंहदरवार’ बनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आठ वटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जसलाई ‘कर्णाली सिंहदरवार’ नाम दिइएको छ । हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरवार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी दिन आज […]

कर्णाली प्रदेश सरकारले विपन्नका घर बनाइदिने

काठमाडौँ । । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । उनका अनुसार सरकारले त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा […]

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री बिष्ट

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बिष्टलाई कर्णाली प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेका हुन् ।  कर्णाली...

कर्णाली प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री विष्ट

४ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री विन्दमान विष्टलाई दिइएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्टलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन् । विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् ।

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा

सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए । उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्

कर्णाली प्रदेश सभा सचिवालयमा पहिलो गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आइतबार सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता गरेका हुन्।

कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै

कर्णाली प्रदेश सरकारको प्रवक्तामा नेपाली

सुर्खेत । केही दिनअघि मात्र मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपालीलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मा दिइएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएकी उनी नेकपा माओवादी संसदीय दलकी सचेतक समेत हुन् । नेपालीलाई मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मा दिएको हो ।यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले हेर्दै आएपनि नियुक्ति भने भएको थिएन । विगत तीन वर्षदेखि कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मे