शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूँमा भारी, उमेरले ६० वर्ष पुग्नुभएका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दसैँ खर्च माग गर्नुभयो ।
जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन् ।
काठमाडौँ । पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बुझेका छन्। चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दसैँ खर्च बुझेका हुन्। सुदूरपश्चिम […]
खसीबोका बचेर पाल्पाली महिलाले दसैँ खर्च जुटाएका छन् । महिलाहरुले दशैंलाई लक्षित गरी सहकारी मार्फत खसीबोका उत्पादन तथा बिक्री अभियान चलाएका छन् । महिलाहरुले दसैँ तिहारका लागि मात्र करिव १३ हजार २ सय खसीबोका तयार गरी बिक्री थालेका छन् । पाल्पामा विभिन्न १७ वटा महिला उधमी सहकारीमार्फत महिलाहरुले दसैँको अवसरमा ७ हजार खसी बोका बिक्री गरिसकेका छन् । तानसेन नगरपालिका वडा नं. ८ पिपलडाँडा गेझाकी इन्द्राकुमारी चिदीले एउटा मात्र खसीको मूल्य ३० हजार रुपैयाँ पारेको बताइन् । खसी बेचेको
लमजुङको दोर्दी गाउँपालिका–९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादसैँ मनाउनका लागि राहत वितरण गरेको छ । दसैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एक–एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमाया&n
बाँके जिल्लाका एकजना समाजसेवी अनाथ बालबालिकाहरूलाई दसैँ खर्च बोकेर गुल्मी आइपुगेका छन् । बाँकेको खर्जुरा गाउँपालिका–४ का लीलबहादुर थापाले गुल्मीका अनाथ बालबालिकाहरूको दसैँ खर्च बोकेर आएका हुन् । तम्घासको स्काउट भवनमा अस्थाई छात्रावासको व्यवस्थापन गरी संरक्षण दिइएका अनाथ बालबालिकालाई थापाले ५५ हजार रुपैयाँ दसैँ खर्च उपलब्ध गराएका छन् ।महेन्द्र नमूना माविको स्काउट भवनमा केही दिनअघि ती बालबालिकालाई ब्यवस्थापन गरिएको थियो । उक्त दसैं खर्च विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार
बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुयाृउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउथिन् । तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन् । “मैले माटो बे
कास्की । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो । पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो । […]