खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै पाल्पाली महिला

खसीबोका बचेर पाल्पाली महिलाले दसैँ खर्च जुटाएका छन् । महिलाहरुले  दशैंलाई लक्षित गरी सहकारी मार्फत खसीबोका उत्पादन तथा बिक्री अभियान चलाएका छन् । महिलाहरुले दसैँ तिहारका लागि मात्र करिव १३ हजार २ सय  खसीबोका तयार गरी बिक्री थालेका छन्  । पाल्पामा विभिन्न १७ वटा महिला उधमी सहकारीमार्फत महिलाहरुले दसैँको अवसरमा ७ हजार खसी बोका बिक्री गरिसकेका छन् । तानसेन नगरपालिका वडा नं. ८ पिपलडाँडा गेझाकी इन्द्राकुमारी चिदीले एउटा मात्र खसीको मूल्य ३० हजार रुपैयाँ पारेको बताइन् । खसी बेचेको