दसैँ खर्च जुटाउँदै राउटे समुदाय

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको कार्यालयमा राउटे समुदाय

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग बिहीबार भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्यालयसम्म आइपुगेका राउटे समुदायका मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीले दसैँ खर्च जुटाउन दैलेखदेखि आइपुगेको बताउनुभयो। उहाँले दसैँ खर्चको व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ। मुख्यमन्त्री चौधरीलाई राउटे मुखिया शाहीले भन्नुभयो, “अब दसैँ आइसक्यो, हाम्रा जनताले दसैँमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ । हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनु प¥यो ।”

यसपालि खल्लो हुने भयो राउटेको दसैं

सुर्खेत - तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दसैँ कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।   दसैँका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरूको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउ...

राउटे बस्तीमा दसैँको खसी उपहार

वनमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय दसैँ मनाउन जुटेका छन् । जाजरकोट जिल्ला बाट भगवतिमाई गाउँपालिका – १ पगनाथमा बस्ती सरेका राउटे समुदायमा दसैँको रौनकताले छोइसकेको छ ।