हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्ना पुराना केही नारासहित कार्यक्रम हटाएको छ भने धेरै नयाँ कार्यक्रमलाई समेटेको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा चालु आवमा कर्यान्वयनमा रहेका नारासहित महत्वपूर्ण २० वटा कार्यक्रमलाई हटाउँदै अरू नयाँ २४ वटा कार्यक्रमलाई थप गरेको छ। सरकारले बजेटमा समेटेका केही कार्यक्रमलाई लिएर सरकारको विरोध पनि भइरहेको छ। खोपदेखि सञ्चारगृह सञ्चालन गर्ने प्रदेशको नयाँ योजना असार १ गते प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्