काठमाडौं, असोज ३० । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । सशस्त्र मुख्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा नायव महानिरीक्षक […]