एम्बुलेन्सबाट थुतेर असई हत्या प्रकरण : सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का

जनकपुरधाम : मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा जसपा नेपाल मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको  छ।उक्त घटनाका आरोपी सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न मंगलबार अदालतले आदेश दिएको हो।०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए। विकलाई उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकाको सनोखरा गाउँनजिकै एम्बुलेन्सबाट थुतेर कुटपिट गर