नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको दोस्रो साधारणसभाले जारी गरेको घोषणापत्रमा स्थानीय विकास, पर्यटन र सुशासनको विषयलाई पनि समेट्दै तिनलाई सम्बोधन गर्न आग्रह गरिएको छ । ३८ वर्षपछि निर्माण सम्पन्न भएर पनि जहाज नचलेको कोटवाडा विमानस्थलमा तत्काल नियमित उडान गर्न साधारण सभाले सरकारलाई आग्रह गरेको हो ।