पेट्रोलियम सवारीसाधनलाई अब विद्युतीय बनाउन पाइने

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई अब विद्युतीय बनाउन पाइने भएको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खोलेको हो । ३ वर्षसम्मका लागि इन्धनका सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित सामग्री

दाङमा विद्युतीय गाडीको माग बढ्दो

जिल्लामा पछिल्लो समय विद्युतीय गाडीको माग बढदै गएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय गाडीको माग बढेको हो । विद्युतीय गाडीको संख्या वृद्धिसँगै देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन निर्माण हुने क्रम बढेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको छ । जिल्लामा सम्भवत यो पहिलो चार्जिङ स्टेसन हो […]

विद्युतीय सवारीमा आकर्षण बढ्यो

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको छ। पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेको हो।...

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने निर्णय गरिएको हो ।  पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ...

पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाऔंः ऊर्जामन्त्री भुसाल

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले महँगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गरेकी छन् ।मुलुकको आर्थिक समृद्घिको मुख्य आधार जलविद्युत् भएको भन्दै उनले महँगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गरेका हुन् ।नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत् आयोजनाको बिमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युत्को शक्तिः […]

पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीको खपत बढाउनुपर्छ : कल्याणी खड्का

एकीकृत समाजवादीकी नेतृ कल्याणी कुमारी खड्काले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्नेमा जोड दिएकी छिन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पेट्रोलियम पदार्थको खपत घटाउनुको विकल्प नरहेको बताएकी हुन् ।त्यसका लागि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन् । विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीको भन्सार महसुल घटाउनुपर्ने समेत उनले बताइन् । यसैगरी, विद्युतीय पारवहन प्रणाली र अन्य विद्युतीय सवारीको प्रयोगलाई समेत बढाएर पेट्रोलियम खपत घटाउनुपर्ने खड्काले बताइन् ।

विद्युतीय सवारी विशेष प्राथमिकतामा, उत्पादनका लागि आह्वान गरिने

सरकारले विद्युतीय सवारी साधनको उपयोगका लागि विशेष व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्न र विद्युत् उपभोग बढाउने गरी सरकारले यो योजना ल्याएको

पेट्रोलियम साधन २०८८ सालसम्म विद्युतीय सवारीले विस्थापन गरिने

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट प्रस्तुत गर्दै त्यसका लागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकास सम्बन्धमा सुझाव दिन विज्ञसहितको कार्यदल गठन गरिने जानकारी दिए ।बजेट बक्तव्यमा वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवम् वातावरणमैत्री व

विद्युतीय सवारी सस्तो हुने

काठमाडौं, १५ जेठ । सरकारले २०८८ सालभित्र पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापनको महत्वाकांक्षी योजना ल्याएको छ । आज बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले योजना सार्वजनिक गरेका हुन् । पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधनको ठाउँमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना समेत ल्याइएको छ । त्यसका लागि विद्युतीय सवारीसाधानलाई सहुलियत दिने घोषणा भएको छ । विद्युतीय […]