पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेका छन् ।ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेका हुन्। ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त