१४औँ गोदावरी पुष्प प्रदर्शनी कात्तिक १२ देखि

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चार दिनसम्म चल्ने पुष्प प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा हुनेछ

सम्बन्धित सामग्री

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

गण्डकी, १५ कात्तिक । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको […]

फूलप्रेमीलाई अवसर, एकै ठाउँमा सयौं फूल

१३ कात्तिक, काठमाडौं । जावलाखेलको खेल मैदान अहिले फूलैफूलैले ढकमक्क बनेको छ । ४०० भन्दा बढी प्रजातिका फूलहरूले खेल मैदानलाई ढाकेको छ । फूलैफूलको चाड तिहार नजिकिंदै गर्दा शुक्रबारदेखि शुरू भएको १४औं गोदावरी पुष्प प्रदर्शनी, २०७८ को कारण जावलाखेलको खेलमैदान फूलैफूलले ढाकेको हो । ४८ वटा विभिन्न फूलहरूको स्टल रहेको पुष्प प्रदर्शनीमा विभिन्न ४०० भन्दा […]

दुई वर्षपछि पुष्प मेला, व्यवसायी खुशी

काठमाडौं, कात्तिक १२ । कोरोना महामारीको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेकोमा शुक्रबारबाट पुष्प मेला शुरु भएको छ । चार दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै व्यवसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् । मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि […]

अर्थतन्त्र वृद्धि गर्न मुलुकमा धेरै उद्योगहरु सञ्चालन गर्न आवश्यक  : अर्थमन्त्री

कात्तिक १२, ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले  मुलुकको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।  शुक्रवार १४औं गोदावरी पुष्प प्रदर्शनी - २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताए। उनले नेपालमै भएका कच्चापदार्थ र बाहिरबाट कच्चापदार्थ ल्याएर भएपनि उद्योगधन्दाहरू स्वदेशमै खोलिनुपर्ने भन्दै त्यसका लागि के सहयोग गर्नुपर्छ सरकार तयार रहेको बताए । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको पनि बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए। अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको पनि बताए। उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजस्व जनताकै लागि खर्च गर्ने बताए।  अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यपारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए।

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटोफिचर)

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सन्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली रहेको बताए ।नेपालमा पुष्प खेती विस्तार भइरहेको तर पछिल्लो समय आएको कोरोना महामारीको कारणले त्यसमा केही प्रभाव परेको उनले बताए । यद्यपि, व्यापार व्यवसाय पुरानै अवस्थामा फर्केको बताउँदै उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागे

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार, ५० लाखको कारोबार हुने

ललितपुर- फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा […]

ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुँदै

काठमाडौं (अस) । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि नाराका साथ ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरी कल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेल खेलमैदानमा कात्तिक १२ देखि १५ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय पुष्प विकास केन्द्र बागमती प्रदेशको सहयोगमा एशोसिएशनले पुष्प प्रदर्शनी गर्न लागेको हो । पूmलको सबैभन्दा बढी कारोबार हुने तिहारको अवसर पारेर आयोजित उक्त कार्यक्रमले कोरोना महामारीका कारण थला परेकोे पुष्प व्यवसायलाई केही मात्रामा भए पनि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा एशोसिएशनको छ । प्रदर्शनी स्थलभित्र प्रवेश गर्न सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रदर्शनी ३५ हजार मानिसले अवलोकन गर्ने र करीब ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको एशोसिएशनका महासचिव विश्वमण्ाि पोखरेलले बताए ।