काठमाडौं (अस) । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि नाराका साथ ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरी कल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेल खेलमैदानमा कात्तिक १२ देखि १५ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय पुष्प विकास केन्द्र बागमती प्रदेशको सहयोगमा एशोसिएशनले पुष्प प्रदर्शनी गर्न लागेको हो । पूmलको सबैभन्दा बढी कारोबार हुने तिहारको अवसर पारेर आयोजित उक्त कार्यक्रमले कोरोना महामारीका कारण थला परेकोे पुष्प व्यवसायलाई केही मात्रामा भए पनि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा एशोसिएशनको छ ।
प्रदर्शनी स्थलभित्र प्रवेश गर्न सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रदर्शनी ३५ हजार मानिसले अवलोकन गर्ने र करीब ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको एशोसिएशनका महासचिव विश्वमण्ाि पोखरेलले बताए ।