टोकियो ओलम्पिकः बेलायतद्वारा पौडीमा विश्व कीर्तिमान

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमान राख्दै स्वर्ण पदक जितेको छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः विश्व कीर्तिमानधारी किपचोगेले जिते म्याराथनमा स्वर्ण

एजेन्सी। म्याराथनमा विश्व कीर्तिमानधारी केन्याका इलिउड किपचोगेले ओलम्पिकमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा ०८.३८ मिनेटमा पार गरे। किपचोगेको नाममा २ घण्टा ०१.३९ मिनेटको विश्व कीर्तिमान छ। नेदरल्यान्डका नागेई अबडीले २ घण्टा ०९.५८ मिनेटमा दुरी पार गर्दै रजत पदक जिते। बेल्जियमका बाशिर अबडीले २ घण्टा १०.०० मिनेटमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः एथलेटिक्समा अमेरिकाकी म्याकलघलिनको विश्व कीर्तिमान

एजेन्सी। अमेरिकाकी सिड्नी म्याकलघलिनले एथलेटिक्स महिला ४०० मिटर हर्डल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले ५१.४६ सेकेण्डमा दुरी पार गरेकी थिइन्। म्याकलघलिनले आफैंले बनाएको ५१.९० सेकेण्डको कीर्तिमान तोडेकी हुन्। अमेरिकाकै डलाइला महम्मदले ५१.५८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। महम्मदले पनि २०१९ मा विश्व कीर्तिमान राख्दै वर्ल्ड च्याम्पियसिप जितेकी थिइन्। नेदरल्यान्ड्सकी फेमकी बलले काश्य पदक जितिन्।

टोकियो ओलम्पिकः सुटिङमा चीनका झाङको विश्व कीर्तिमान

एजेन्सी। चीनका झाङ चाङहाङले सुटिङको पुरुष २५ मिटर थ्री–पोजिसन राइफलमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। झाङले ४६६ अंक जोडेका थिए। यसअघि चीनकै याङ हाओरनको नाममा ४६५.३ अंकको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने रुसका सेर्गी कामेनेस्कीले ४६४.२ अंक जोडे। सर्वियाका सेबिच मिलेन्कोले ४४८.२ अंक जोड्दै कास्य पदक जिते।

टोकियो ओलम्पिकः अमेरिकाका ड्रेसलले जिते पाँचौ स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले टोकियो ओलम्पिकमा पाचौं स्वर्ण पदक जितेका छन्। उनले आज बिहान ४ गुणा १०० मिड्ले रिलेमा विश्व कीर्तिमान र पुरुष ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेका छन्। उनले यसअघि १०० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र ४ गुण १०० मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्णपदक जितेका थिए।

टोकियो ओलम्पिकः चीनका साओजुन भारोत्तोलनमा स्वर्ण सबभन्दा पाको खेलाडी

एजेन्सी। चीनका ल्यु साओजुन ओलम्पिकको भारोत्तोलनमा स्वर्ण पदक जित्ने सबैभन्दा पाको खेलाडी बनेका छन्। ३७ वर्षीया साओजुनले पुरुष ८१ किलो तौल समूहमा कुल ३७४ किलो भार उचाल्दै स्वर्ण पदक जितेका हुन्। उनले स्न्याचतर्फ १७० र ‘क्लिन एण्ड जर्क’तर्फ २०४ किलो उचालेका थिए। साओजुनले दोस्रो पटक स्वर्ण पदक जितेका हुन्। क्लिन एण्ड जर्क र कुल तौलमा उनले विश्व कीर्तिमान राखेका छन्।

टोकियो ओलम्पिकः बेलायतले पौडीमा बनायो विश्व कीर्तिमान

एजेन्सी। बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। बेलायतले निर्धारित दुरी ३ मिनेट ३७.५८ सेकेण्डमा पार गरेको हो। यसअघि चीनको नाममा ३ मिनेट ३८.४१ सेकेण्डको विश्व कीर्तिमान थियो। चीनले ३ मिनेट ३८.८६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्यो। ३ मिनेट ३८.९५ सेकेण्डमा दुरी पार गरेको अष्ट्रेलियाले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।

टोकियो ओलम्पिकः दक्षिण अफ्रिकाकी सोहेनमेकरले पौडीमा रचिन् विश्व कीर्तिमान

एजेन्सी। दक्षिण अफ्रिकाकी टाटियाना सोहेनमेकरले पौडीको महिला २०० मिनेट ब्रेष्टस्ट्रोकमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। उनले २ मिनेट १८.९५ सेकेण्डमा पार गरेकी थिइन्। डेनमार्ककी रिक्की मोलर पेडर्सनको नाममा २ मिनेट १९.११ सेकेण्डको विश्व कीर्तिमान थियो। अमेरिकाका किङ लिलेले २ मिनेट १९.९२ सेकेण्डमा दुरी पार गर्दै रजत र एनी लेजरले २ मिनेट २०.८४ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित

एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।

टोकियो ओलम्पिकः रोविङमा नेदरल्यान्डको विश्व कीर्तिमान

एजेन्सी। नेदरल्यान्ड्सले रोविङमा पुरुष क्वाड्रपल स्कल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सले ५ मिनेट ३२.०३ सकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। यसअघि युक्रेनको नाममा २०१४ मा ५ मिनेट ३२.२६ सेकेण्डको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने बेलायतले ५ मिनेट ३३.७५ सकेण्डमा दुरी पार गर्‍यो। ५ मिनेट ३३.९७ सेकेण्डमा दुरी पार गर्ने अष्ट्रेलियाले काश्य पदक जित्यो।