टोकियो ओलम्पिकः चीनका साओजुन भारोत्तोलनमा स्वर्ण सबभन्दा पाको खेलाडी

एजेन्सी। चीनका ल्यु साओजुन ओलम्पिकको भारोत्तोलनमा स्वर्ण पदक जित्ने सबैभन्दा पाको खेलाडी बनेका छन्। ३७ वर्षीया साओजुनले पुरुष ८१ किलो तौल समूहमा कुल ३७४ किलो भार उचाल्दै स्वर्ण पदक जितेका हुन्। उनले स्न्याचतर्फ १७० र ‘क्लिन एण्ड जर्क’तर्फ २०४ किलो उचालेका थिए। साओजुनले दोस्रो पटक स्वर्ण पदक जितेका हुन्। क्लिन एण्ड जर्क र कुल तौलमा उनले विश्व कीर्तिमान राखेका छन्।