प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको महत्त्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई प्रदूषित बनाएको आरोप लगाएका छन् ।
आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै ओलीले देश नयाँ मोडबाट अगाडि बढ्न खोजेको बताएका हुन् ।
‘प्रतिनिधि सभा ५ वर्ष चल्नेछ, विना बिग्रह प्रतिनिधि सभाले आफूलाई लगातार देश र जनताको सेवामा लागिरहने अपेक्षा थियो,’ ओलीले भने, ‘तर जहिले पनि झमेला मात्र सिर्जना गर्ने केही व्यक्तिका आकांक्षा, महत्त्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई प्रदूषित गर्ने, बहुमतलाई ध्वस्त पार्न...