म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा बेमौसमी वर्षाले कोदोमा क्षति गरेको छ। म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये करिब एक हजार हेक्टरमा कोदो खेती हुने गरेको छ।म्याग्दीको भकिम्ली, देवीस्थान, रुम, अर्मन, वरंजा, मुना, मुदी, गुर्जालगायतका गाउँमा लगाइएको कोदो बाली बेमौसमी वर्षाले क्षति गरेको किसानहरुले बताएका छन्। तर धानबालीमा मात्र क्षति पुगेको समाचार आउने गरेको उनीहरूको गुनासो छ।‘धानबाली नष्ट भन्ने मात्रै समाचार आउँछन्, हाम्रो मुख्य बाली कोदो नष्ट भएको कसैले देख्दैनन्&sbqu