आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । राजनीतिक अस्थिरताका कारण बजेट अध्यादेशबाट ल्याउने कि संसदबाटै पारित हुने भन्ने अन्योल रहेकै बेला अर्थमन्त्रालयका अधिकारीहरुले बजेटको मस्यौदा तयार पारेका हुन् ।अर्थमन्त्रालयले बजेटको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी प्राविधिक पक्षको गृहकार्यमा समेत अहिले अर्थमन्त्रीसहितको टोली लागिरहेको अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले रातोपाटीसँग बताए ।‘हामी अब बजेट निर्माणको अन्तिम चरणमा आइसकेक