विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार बनाउन दलहरू दौडधुपमा व्यस्त भएका छन्।प्रदेश १ मा कुनै पनि दलले बहुमत पाएको छैन। त्यसो हुँदा सरकार बनाउन अहिले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सांसदको जोडघटाउमा लागि परेका छन्।प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेको छ भने दोस्रो ठूलो दल नेपाली काँग्रेस छ। माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो, पाँचौंमा एकीकृत समाजवादी र छैटौंमा&nbs