माधव बेल्वासेचन्द्रौटा : नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्।यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध रहेकाले सुरक्षालाई थप चुनौती रहेको छ। यहाँ निर्वाचन आचारसंहिता लागेपछि गाडीमा आगजनी, विस्फोटक पदार्थ तथा निर्वाचनविरुद्ध जुलुस निकालिएको छ।कात्तिक २१ गते राति नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा ३ वटा सवारीसाधनमा आगो