संखुवासभा : मकालु गाउँपालिका- ३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले किमाथाङ्का–खाँदबारी सडक एक साता देखि अवरुद्ध हो। सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन्।मकालु गाउँपालिका– ३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।इन्जिनियर रजकका अनुसार सुक्खा पहिरो झर्ने क्रम नरोकिएका का