टर्की अहिले आर्थिक संकटको चपेटामा परेको छ । अत्यावश्यक वस्तुहरूको भाउ आकासिएको छ अनि खानेकुराका पसलमा लामो लाइन लागेको देखिन्छ ।
टर्कीको मुद्रा लिरा सन् २०२१ को आरम्भदेखि अहिलेसम्म आइपुग्दा ४० प्रतिशतले मुद्रास्फीति भएको छ ।
त्यस्तै महंगी दर लगभग २१ प्रतिशत बढेको छ । सरकारले अनुमान गरेभन्दा यो चारगुणा बढी हो ।
वर्षको आरम्भमा टर्कीको न्यूनतम आय लगभग ३८० डलर थियो भने अहिले त्यो २२४ डलरमा झरेको छ । अर्थात् न्यूनतम मासिक ज्याला २८ सय २५ लिरा छ ।
जागिर पाउन नै मानिसहरूलाई समस्या छ अनि जागिरेहरूको तलबले...