सिलवालसँग बदला लिन राणा तयार

प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल उम्मेदवार छन् । राणा ‘समुन्नत ललितपुर’ को प्रष्ट खाका लिएर मैदानमा छन् भने सिलवालले ‘समृद्ध ललितपुर’ को मुद्दा अघि सारेका छन् ।

सम्बन्धित सामग्री

भारत र इङ्गल्याण्ड आमने सामने, बीस वर्षदेखिको बदला लिन भारत तयार

विश्वकप एक दिवसीय क्रिकेटको २९ औँ खेलमा आज भारतले इङ्गल्याण्डसँग खेल्दैछ ।

मेस्सीलाई रोक्न ७१ वर्षीय प्रशिक्षकको मास्टर माइन्डमा अनुभवी रक्षक भान डायक तयार

दोहा । कतारमा जारी विश्वकप फुटबलमा शुक्रवार दुई वटा क्वाटर फाइनल खेल हुन लागे पनि धेरैको ध्यान नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेलमा केन्द्रित छ। राती पौने १ बजे सुरु हुने खेलमा विगतका पराजयको बदला र लियोनल मेस्सीको विश्वकप उपाधि सपनासँग जोडिएको छ। तीन पटक विश्वकपको फाइनल पुगेको नेदरल्यान्ड्सले उपाधि भने जित्न सकेको छैन। सन् १९७८ मा […]

विश्वकपमार्फत कतारले लिएको नाकाबन्दीको बदला : शालीन तर बेहिसाब

२०१७ जुन ५ तारिखका दिन बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दा कतार हतोत्साहित बनेको थियो । त्यसलगत्तै मध्यपूर्वको सानो देश कतारसँग जोडिने जमिन, समुद्र र आकाश सबैतिरबाट साउदी लगायत अन्य देशहरूले नाकाबन्दी शुरू गरे ।२ डिसेम्बर २०१० मै विश्वकप फूटबलको २१ औं संस्करण कतारमा हुने घोषणा फिफाले गरिसकेको थियो । कतारमाथि नाकाबन्दी गर्नुपर्ने अन्य धेरै कारण साउदीले देखाएको भएपनि एउटा कारण कतारलाई विश्वकपको आयोजना गर्नुबाट पछि हटाउनु थियो । यसको नेतृत्व साउदी अरबले गरेको थियो भने अमेरिका र युरोपियन देशहरूले नाकाबन्दीको पक्षपोषण गरेका थिए ।त्यसपछिका घटनाक्रमहरूलाई कतारले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने गरी उपयोग गर्यो । कतारमाथिको नाकाबन्दीको कुनै अर्थ नभेटिएपछि पछिल्लो समय साउदी अरब लगायत नाकाबन्दी लगाउने अन्य देशहरूले कतारसँगको सम्बन्ध सुदृढिकरण गर्न प्रयास गरिरहेका छन् । यो टिप्पणी लेख्दै गर्दा कतारको लुसाली स्टेडियममा साउदी अरब र अर्जेन्टिनाबीचको खेल सकिएको छ । साउदीले विश्वकपको दाबेदार मानिएको लियोनल मेस्सीको टीम अर्जेन्टिनालाई २ गोलले हरायो । खुसीले चिच्याइरहेका साउदी खेलाडी र समर्थकहरूले पक्कै पनि त्यतिबेलाको नाकाबन्दी स्मरण गरे होलान् । जुन देशमाथि अमानवीय नाकाबन्दी गरियो, त्यही देशको भूमिमा विश्वकपको दाबेदार अझ मेस्सीको टीम अर्जेन्टिनालाई हराउन पाउनु साउदी अरबका लागि सौभाग्य थियो ।नाकाबन्दी, त्यसपछि कतारले भोगेको पीडा र त्यसलाई जित्न गर्नुपरेको आर्थिक र कूटनीतिक संघर्ष, विश्वकपका लागि कतारले गरेको अन्तर्राष्ट्रिय लबिङ र खर्चलाई एकातिर राखौं । तर आफ्नो धर्म, संस्कृति र सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरिकन पनि विश्वकप आयोजना गर्न सकिन्छ भन्ने अर्को उदाहरण कतारले पेश गरेको छ ।प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबललाई विश्वभरका मानिसलाई एक ठाउँमा जोड्ने खेलको रुपमा मात्र नभई थप आर्थिक उन्नतिको ढोका खोल्ने अवसरका रुपमा पनि लिने गरिन्छ । सन् १९३० मा उरुग्वेको आयोजनाबाट शुरू भएको विश्वकप फुटबललाई आयोजक राष्ट्रले आफ्नो देशको संस्कृतिलाई चिनाउन मात्र नभई आर्थिक लाभ गर्ने उद्देश्यका साथ आयोजना गर्ने गरेका छन् ।हालसम्म युरोप र अमेरिकालगायतका देशमा विश्वकप फूटबलको २१ औं संस्करण आयोजना हुँदा पनि खाडी राष्ट्रमध्ये कुनैले पनि त्यो सौभाग्य प्राप्त गरेका थिएनन् । यद्दपि उदाउँदो मुलुकको रुपमा आफूलाई अगाडि सारेको सानो भूभाग मात्र भएको मरुभूमिको देश कतारले पनि विश्वकप फुटबल आयोजना गर्न सक्ने रहेछ भन्ने उदाहरण पेश मात्र गरेको छैन, आफ्नो देशको मौलिक सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरीकन पनि विश्वकप फुटबलको आयोजना गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको छ ।युरोप, अमेरिका लगायतका केही मुलुकले समलिङ्गीलाई स्वतन्त्रता नदिएको,  उच्च तापक्रम भएको,  युरोपियन लिगको खेल तालिका प्रभावित भएको,  विदेशी कामदारमाथि ज्यादती गरिएको, पूर्वाधार पनि तयार नभएको जस्ता आरोप लगाउन छाडेनन् । तर कतारले आफ्नै हिसाबले इस्लामिक नीति नियम र कानूनभित्र रहेर विश्वकप सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दियो र अहिलेसम्मको विश्वकपका लागि यो बिल्कुल नयाँ प्रयोग हो ।यसबाट कतारले आफू अन्तर्राष्ट्रिय हिसाबले कमजोर नरहेको पुष्टि गरेको छ । संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय रहेको कतारमाथि यो वा त्यो बहानामा युरोप, अमेरिका र खाडी क्षेत्रकै अन्य सहयात्री मुलुकहरूबाट बेलाबेलामा पाउने गरेको दुखको बदला कतारले निकै शालीन, नरम तर बेहिसाब ढंगले लिएको छ ।प्यालेस्टाइनको अस्तित्व नै स्वीकार्न नसक्ने युरोप र अमेरिकाका लागि कतारले अर्को दह्रो झापड हान्यो । यस अगाडिका विश्वकपमा कुनै न कुनै चर्चित अनुहारलाई फिफाले विश्वकपको ब्राण्ड एम्बेसडर बनाउने गर्थ्यो भने यस पटक प्यालेस्टाइनका शरणार्थी वासिम कुतुबलाई ब्राण्ड एम्बेसडर बनाएर प्यालेस्टाइनप्रति कतारले सम्मान प्रकट गरेको छ ।गत हप्ता, कतारका सहायक विदेशमन्त्री लोल्वाह अल-खाटरले मिडियासँग कुरा गर्दै प्यालेस्टाइन सधैं कतारको विवेकमा रहने कुरामा जोड दिएकी थिइन् । उनले भनेकी थिइन्, 'हामी प्यालेस्टाइनका हाम्रा हजारौं दाजुभाइ तथा दिदीबहिनीहरूसँग अहिलेजस्तै सधैं उत्सव मनाउने आशा गर्दछौं र हामी यहाँ प्रतिज्ञा गर्दछौं कि, प्यालेस्टाइन उनीहरूकै कारण हाम्रो अन्तस्करणमा सधैं उपस्थित रहनेछ ।'विश्वकप उद्घाटनको दिन मध्यपूर्व र अन्य देशका फूटबल फ्यानहरूले 'हामी हाम्रो आत्मा र रगतले प्यालेस्टाइनका लागि बलिदान दिन्छौं' भन्दै नारासमेत लगाएका थिए ।विगतमा विश्वकप फुटबलको उद्घाटन विश्वभरका चर्चित पात्रबाट नाच, गान र बाजा बजाएर गरिन्थ्यो भने यस पटक त्यस्तो केही भएन । बरु कतारले  सन् २००२ मई महिनाको ५ तारीखमा जन्मिएका एक फरक क्षमता भएका कतारी बालक घानिम अल मुफ्ताहमार्फत पवित्र कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गरेर विश्वकप फुटबल २०२२ उद्घाटन गर्यो ।अर्धनग्न महिलाको नाचगानलाई हटाएर एक अपाङ्ग बालकद्वारा विश्वकप उद्घाटन गरिनु जति अर्थपूर्ण थियो त्यो भन्दा बढी अर्थपूर्ण कुरानको उक्त अध्यायले दिन खोजेको सन्देश थियो । उक्त अध्यायमा भनिएको छ, 'हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि  गर्यौ र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौ, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।'सामान्यतया विश्वकपको बहानामा यौन व्यापार, खुलमखुल्ला मादक पदार्थको सेवन हुने गर्थ्यो भने विदेशबाट फूटबल हेर्न आउने  दर्शकहरू उत्ताउलो र भड्किलो व्यवहारको शिकार हुने गर्थे । तर कतारले यी सबै कुरालाई प्रतिबन्ध लगाएर आफ्नो संस्कृतिको रक्षा मात्र गरेको छैन बरु विश्व समुदायलाई अनुशासित भएर पनि खेलकुदको मनोरन्जन लिन सकिन्छ भन्ने सन्देश दिएको छ ।

च्याम्पियन्स लिग ‘ड्र’

योर्गन क्लोपको लिभरपुलले गत सिजन फाइनलमा बेहोरेको हारको बदला लिने अवसरका रूपमा युरोपेली च्याम्पियन्स लिगको सोमबार निकालेको अन्तिम १६ को ‘ड्र’ मा रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको छ । नकआउट चरणमा एक अर्को रोमाञ्चक खेल पनि तयार भएको छ । त्यसमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकविरुद्ध खेल्नेछ । यो सन् २०२० को फाइनलको पुनरावृत्ति हुनेछ । त्यसमा जर्मन क्लब विजयी भएको थियो ।

पर्वतमा गिरीसँग बदला लिन जाेशी तयार

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र नेकपा एमालेका पद्म गिरीबीच फेरि प्रतिस्पर्धा हुँदैछ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीलाई जितको साख जोगाउनुपर्ने चुनौती छ ।

‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार

फिल्म ‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार भएको छ । निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ले फिल्म सम्पूर्ण काम सकाएर प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।  ‘फिल्मको सबै काम सकिएको छ’ निर्देशक घनश्यामले भने,‘प्रदर्शनका लागि वितरकसँगको छलफलमा छौ । छिट्टै रिलिज मिति घोषणा हुनेछ ।’ घनश्यामले केही वर्ष अगाडि फिल्म ‘छापामार’  निर्देशन गरेका थिए ।प्रेमकथा, एक्सन र सन्देश सबै समेटिएको फिल्म संखुवासभाका विभिन्न रमणीय ठाउँमा छायाङ्कन

अमेरिकामा अनाैठाे अफर : खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस् !

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् ।राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको ए

एनएसएल फाइनल : धनगढीविरुद्ध बदला लिने काठमाडौंको लक्ष्य

३१ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिबार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिबार फाइनल खेल हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतिगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा […]

भूत अवतारमा अभिनेत्री केकीको बदला

काठमाडौं । लकडाउनका कारण विगत चार महिनादेखि घरमा बसेकी अभिनेत्री केही अधिकारी यतिबेला एउटा भिडियोमार्फत भूत अवतारमा प्रस्तुत भएकी छन् । अभिनेत्री केकी ‘बदला बरीलै…’ भिडियोमा प्रस्तुत भएकी हुन् । यो भिडियोलाई गायक प्रकाश सपूतले निर्माण निर्देशन गरेका हुन् । प्रकाश सपूतले नयाँ गीत ‘बदला बरीलै…’को शब्द तथा संगीत तयार गरेका हुन् । यो गीतको …