जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि अब निदाउन थालिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै डा. भट्टराईले गत पुस ५ गतेदेखि राम्ररी निदाउन नसकिएको जनाएका छन् ।
‘गत पुस ५ गतेदेखि राम्ररी निदाउन सकिएको थिएन - ००७ साल ताकाका बीपी/पीएलदेखि जनयुद्ध/जनआन्दोलन/मधेश विद्रोहसम्मको हाम्रो पुस्ताले लडेर ल्याएको संविधानसभाले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान म नमर्दै मर्छ कि भन्ने चिन्ता...