नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बंगालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षा समेत हुने जानकारी दिए ।
‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौं, १/२ दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ,’ पौडेलले थपे, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचे...