काठमाण्डाै – नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो । तर यसपटक भने पोहोरभन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेप...