मनसुन ४ वटा प्रदेशमा फैलियो - लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिन लाग्ने

काठमाण्डाै – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै मनसुनी प्रणाली प्रवेश हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही दिनपछि यस वर्षको मनसुन प्रवेश गर्ने अनुमान छ ।यस वर्ष सरदर मितिभन्दा एक हप्ता अगाडि नै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।आज प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहेको छ ...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभाले आठ महिनासम्म पाएन एउटै विधेयक

प्रदेश सरकारले विजनेश नदिँदा सुदूरपश्चिम प्रदेश सभा ठप्प छ। दोस्रो प्रदेश सभा सुरु भएको आठ महिनासम्म सरकारले प्रदेश सभामा एउटा विधेयक पनि दर्ता गरेको छैन। सत्तारुढ गठबन्धनबीच कुन समितिको नेतृत्व...

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । मधेशले दिएको १२४ रनको सामान्य लक्ष्य सुदूरले १८.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मधेशका अभिषेख […]

सुदूरपश्चिम प्रदेश सभा अन्त्यका लागि सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित भएको भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभा

सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाडौँ – बीमा समितिको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूपअनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमाबारेका फरक–फरक बुझाईमा […]

माओवादी सुदूरपश्चिम प्रदेश अध्यक्षमा सातजना आकांक्षी

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशन शनिबारबाट सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशको अधिवेशन भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरे। धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेश...

फेरिए  प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रदेश...

‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ । उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए । यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए। अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय […]

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।