जितसँगै तिलोत्तमा डिभिजन ‘ए’मा उक्लियो

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको आइतबारको खेल तिलोत्तमा क्रिकेट क्लबले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी डिभिजन ‘बी’अन्तर्गतको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै विजय हासिल गरेको हो । जितसँगै तिलोत्तमा डिभिजन ‘ए’मा उक्लेको छ । टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । एक सय ३० रनको लक्ष्य पाएको तिलोत्तमाले ३२ ओभरक

सम्बन्धित सामग्री

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा व्यापार सङ्घले सघाउने

लुम्बिनी–  तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । कार्ययोजनाअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिकाको अभियानमा व्यापार सङ्घले सघाउने छ भने  सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ । सङ्घमा आबद्ध सदस्यहरूको एक लाख […]

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो ।बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव  लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर  मतगणना गर्ने तयारी भएको रातोपाटीलाई बताए । उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी र

विवेकशील साझाबाट तिलोत्तमा नगरपालिकाको मेयरमा केसी

विवेकशील साझा पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा. अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मेयरका उम्मेदवार अमित केसी दृष्टि रोग विशेषज्ञ हुन् ।तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुर्याउँदै आएका छन्। डा. केसी विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि आबद्ध रहेको जनाइएको छ ।  तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्।

तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सलाई

२५ चैत,बुटवल । रुपन्देहीको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सले जितेको छ । तिलोत्तमा–६ स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा जेभी वारियर्सलाई ३ विकेटले हराउँदै नेपथ्यले उपाधि जितेको हो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ४ लाख रुपैयाँ र मेडल तथा […]

पूर्वप्रधानमन्त्री ओलीले गरे तिलोत्तमा टावरको उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निर्मित तिलोत्तमा बहुउद्देश्यीय टावरको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।  तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन...

तिलोत्तमा व्यापार महोत्सव १३ माघदेखि

आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने नाराका साथ तिलोत्तमा–५ मणिग्राममा दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए । तिलोत्तमालाई र

तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

२९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको पहिलो बालमैत्री नगरपालिका भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन […]

तिलोत्तमा माविका दुई विद्यार्थी सम्मानित

२६ मंसिर बुटवल । कक्षा १२ को केही दिनअघि प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ नेपाल प्रथम भएको दाबीसहित रुपन्देहीको तिलोत्तमा २ स्थित तिलोत्तमा माविले दुई विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयका छात्र बिक्रम तिवारी र छात्रा कृष्ला लामाले समान ३.९२ जिपिए प्राप्त गरेर नेपाल प्रथम भएको विद्यालयको दावी छ । दुबै जना व्यवस्थापन […]

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]

तिलोत्तमा चक्रपथमा ट्राम रेल चलाउन डीपीआर बनाइँदै

रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलनमा समझदारी भए अनुसार तिलोत्तमा चक्रपथमा ट्राम रेल सञ्चालन गर्न तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले डीपीआरको काम शुरू गरेको छ । परामर्शदाता कम्पनी मुन स्टार इन्जिनीयरिङ कन्सल्टेन्सी प्रालिमार्फत् गरिने डीपीआरको केही दिनअघि तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले योगिकुटीमा शुभारम्भ गरेका थिए । करीब ५० किलोमिटरको तिलोत्तमा चक्रपथमा ट्राम रेल सञ्चालनको लागि डीपीआर बनाइँदैछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भोला शर्माका अनुसार आगामी वर्षदेखि पहिलो चरणको लीग निर्माण...