लुम्बिनी– तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । कार्ययोजनाअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिकाको अभियानमा व्यापार सङ्घले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ । सङ्घमा आबद्ध सदस्यहरूको एक लाख […]