दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीअन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडास्तरीय कार्यालय सञ्चालनमा ल्याएको छ । अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर-घर गएर एमालेलाई मतदान गर्न सम्झाउने भएका छन् । यसअघि नै एमालेले भेलासमेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवम् झापा ५ का उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गर्न […]
गुल्सन विशेषता भनेको उनी बलिङ दायाँ हातले गर्छन् अनि ब्याटिङ बायाँ हातले। पछिल्ला वर्षमा उनको मध्यक्रमको ब्याटिङको शैली विपक्षी टोलीलाई ‘टेन्सन’ दिने खालको छ। भारतको राँचीमा क्रिकेट सिकेका गुल्सनको क्रिकेट यात्राबारे यहाँ चर्चा गरिएको छ।
गण्डकी प्रदेशले राइड सेयरिङसम्बन्धी कानुन सार्वजनिक गर्दै यस विषयमा स्पष्ट कानुनी व्यवस्था ल्याउने देशकै पहिलो प्रदेश बनेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश राजपत्रमार्फत राइड सेयरिङसम्बन्धी नियमावली सार्वजनिक गरेको हो। गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) (पहिलो संशोधन) नियमावली, २०८२’ सार्वजनिक गर्दै राइड सेयरिङ सेवाको दर्ता, सञ्चालन, […]
काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले एक तथा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । श्री भगवतीका तर्फबाट एकमात्र गोल अजित लामाले गरेका थिए । […]
नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ। अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ। यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर […]