काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले नेपालको राजनीतिक वृत्तमा अनेकथरि अडकल प्रारम्भ भएको छ । दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय जित निकालेपछि एकछत्र शासन गर्दै आएका मूलधारका दलहरुमाथि प्रश्न उठेको छ । उपनिर्वाचन भएका तीनमध्ये दुई क्षेत्रमा रास्वपाले लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसलाई भारी मतान्तरले पराजित गरेको छ । […]