प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनबाट पारित भई नागरिकता विधेयक दोस्रो पटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पुगेको मंगलबार १५ दिन पूरा हुँदै । तर मंगलबार रातिसम्म उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए विधेयकको भविष्य के हुन्छ भन्ने यकिन भएको छैन । गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा पठाएका थिए ।त्यसभन्दा अगाडि दुवै सदनबाट प्रमाणीकरण गरी राष्ट्रपति कार्यालयमा पठाइएको उक्त विधेयक पहिलोपटक राष्ट्रपति भण्डारीले १५ दिन होल्ड