एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिवारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ।
असोज १५, १६ र १७ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि असोज ४, ५ र ६ गते तोकिएको थियो।
बहुमत पदाधिकारी फरक धारबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको भन्दै पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमालेले विधान संशोधन गर्न लागेको हो। महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित ह...