महामारीका बेला कृषिउपज राज्यले नै बजारसम्म पुर्‍याइदिनुपर्छ

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालसँग आयोगका कार्ययोजना, आगामी बजेटले कृषिक्षेत्रमा गर्नुपर्ने व्यवस्था, कृषि र कृषकका समस्या समाधानका लागि चाल्नुपर्ने कदम लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्काले गरेको कुराकानीको सार : भर्खरै मात्र राष्ट्रिय किसान आयोगमा अध्यक्षको पद सम्हाल्नु भएको छ । तपाईंका के कस्ता योजना छन् ? राष्ट्रिय किसान आयोगको कार्यादेश अनुसार नेपाल सरकार र किसानको बीचमा कृषिक्षेत्रका समस्याका बारेमा सहजीकरण तथा समन्वय गर्ने, आइपरेका समस्या सम्बोधन गर्ने वा गराउन नेपाल सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु नै मुख्य प्राथमिकताका काम हुन् । यससँगै अन्य महत्त्वपूर्ण विषय नेपाल सरकारले कृषिक्षेत्रसँग सम्बन्धित रहेर बनाउने नीति तथा कार्यक्रमहरू, जस्तै– कृषि बजेट, ऐन नियमका साथै कानूनहरूको आवश्यक तयारीमा सल्लाह सुझाव दिने लगायत कृषिक्षेत्रमा अहिले भइरहेका योजना र किसानका लागि लक्षित कार्यक्रमलाई दीर्घकालीन रूपमा किसानको हितमा लैजाने मेरो योजनाका विषय हुन् । कृषिक्षेत्रमा केही नयाँ खोज तथा अनुसन्धान गर्ने काम पनि छ । अहिले कोरोनाको महामारी छ । यस्तो अवस्थामा पनि कृषि उत्पादन गर्ने, बजारसम्म ल्याउने, उचित मूल्य दिलाउने लगायत विषयमा पहल गरिरहेका छौं । अहिले सरकार बजेट निर्माणमा व्यस्त छ । आउने बजेटमा कृषिका लागि के कस्ता विषय समेटिनुपर्छ होला ? पहिलो कुरा त उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो । अहिले हाम्रो वैदेशिक व्यापारमा आयात र निर्यातको सन्तुलनको अवस्था सन्तोषजनक छैन । अहिले हामी एक भाग निर्यात गर्छौं भने करीब १२/१३ भाग आयात गर्छौं । त्यसैले यो अवस्थाको अन्त्य गर्न उत्पादनमा आत्मनिर्भर हुने खालको नीति तथा कार्यक्रम हुनुपर्‍यो । चालम, दाल, तेल, फलफूल र मासु लगायत उपभोग्य वस्तुमा आत्मनिर्भर बन्न सरकारले ठोस योजनासहित बजेटको व्यवस्था गर्नुपर्छ । मुलुकलाई आत्मनिर्भरतातर्फ लैजान राज्यले किसानलाई प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि सहुलियत कर्जा, उन्नत जातका बिउबिजन, मलखाद, सिँचाइ, प्राविधिक तालीम उपलब्ध गराउने, कृषिजन्य उत्पादनको उचित मूल्य प्रदान गर्ने लगायत व्यवस्था हुनुपर्छ । अर्को महत्त्वपूर्ण पक्ष राज्यले कृषकका लागि प्रदान गर्ने अनुदान बिचौलियाको हातमा परिरहेको छ । तर वास्तविक किसानसमक्ष पुग्न सकेको छैन । त्यसको नियमन गर्दै किसानले गरेको उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरिनुपर्छ । यसबाट किसानले जति धेरै कृषि उत्पादन गर्छन्, त्यति नै बढी अनुदान पाउँछन् । कृषिमा आत्मनिर्भरता बढाउन यो पनि प्रभावकारी कदम बन्न सक्छ । उत्पादन बढाउन उन्नत जातका बीउबिजन तथा मलको सहज आपूर्ति पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । किसानलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्‍यो । किसानले लिएको ब्याज कोरोना महामारीका बेला मिनाहा गर्नुपर्‍यो, किस्ता तिर्ने म्याद सानुपर्‍यो । अहिलेको कोरोना संकटको परिस्थितिमा किसानलाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने खाँचो छ । महामारीको बेला किसानको अवस्था कस्तो छ ? कृषि उत्पादनमा असर पर्न नदिन के गर्न सकिन्छ ? महामारीको प्रभावले किसानले धेरै क्षति बेहोर्नुपरेको अवस्था छ । केही मात्रामा श्रमिकको अभाव पनि छ । किसानले दूध बेच्न पाएका छैनन् । उत्पादनको एक चौथाइ मात्र उत्पादन बेच्न सकेका छन् । किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्छ । उनीहरूले समयमै दूधको मूल्य पाएका छैनन् । नियमित रूपमा भुक्तानी हुनुपर्‍यो र क्षति भएको उत्पादनको बीमा सरकारले गरिदिनु पर्दछ । दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगमा पूँजीको पनि अभाव भइरहेको सुनिएको छ । त्यस्ता उद्योगलाई आवश्यक पूँजी, सहुलियत दरको कर्जा उपलब्ध गराउनु पर्दछ । अहिले किसानले आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । त्यसैले राज्यले नै ती उत्पादन बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउनु पर्दछ । महामारीका कारण कृषि उत्पादन बजारसम्म पुर्‍याउँदा अहिले लागत बढेको अवस्था छ । त्यसमा किसानलाई सरकारले तत्काल ५० प्रतिशत अनुदान उपलब्ध गराउनुपर्छ । बजारसम्म ल्याउन स्थानीय तहले सहजीकरण समेत गरिदिनु पर्दछ । महामारीले किसालाई पारेको प्रभावको मूल्यांकन गरेर क्षतिपूर्तिको व्यवस्था गर्नु पर्दछ । सरकारले आगामी आवका लागि कृषिको बजेट करीब ५ अर्बले घटाएको छ । यसलाई कसरी हेर्नुभएको छ ? मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत हिस्सा ओगटेको र करीब दुई तिहाइ जनता आबद्ध भएको कृषिक्षेत्रलाई प्रोत्साहन गर्न राज्यले ठूलो मात्रामा बजेट विनियोजन गर्नुपर्दछ । तर महत्त्वपूर्ण पक्ष के पनि हो भने चालू आर्थिक वर्षमा कृषिको बजेट कति प्रतिशत खर्च भएको छ, किसानको हितमा कति खर्च भयो भन्ने तथ्य पनि बुझ्नुपर्‍यो । त्यसैले बजेट घटेकोमा खासै आपत्ति होइन । मूल कुरा के हो भने विगतको बजेट खर्च भयो कि भएन, सो विषयमा पनि समीक्षा गर्नुपर्छ । यद्यपि कृषिक्षेत्रमा बजेट बढाउनैपर्छ । अझ हाम्रो भनाइ के हो भने कृषिले जीडीपीमा जति प्रतिशत योगदान गरेको छ, त्यति नै प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ । जस्तै– मलको कुरा गर्नुपर्दा रासायनिक मलका लागि राज्यले यस वर्ष ११ अर्ब रुपैयाँको अनुदान दिएको छ । हामीलाई साढे ७ लाख मेट्रिकटन मलको आवश्यकता छ । मलका लागि सरकारले अहिले जति अनुदान दिएको छ, त्यो निकै कम छ । त्यसैले मलका लागि मात्र ३० अर्ब रुपैयाँ बजेट विनियोजन हुनुपर्दछ । साथै ५ प्रतिशतको ब्याजदर घटाएर कम्तीमा २ प्रतिशतमा किसानलाई कर्जा उपलब्ध गराउनुपर्छ । हरेक वर्ष खेतीपातीको सिजनमा किसानले मल, बीउ नपाउने, उत्पादनको उचित मूल्य नपाउने जस्ता समस्या छन् । यस्ता समस्या समाधानका लागि आयोगले के कस्तो पहल गर्छ ? कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लगायत निकायबाट यस वर्ष मलको सहज आपूर्ति हुने कुराको जानकारी आएको छ । ती निकायबाट मल पर्याप्त मात्रामा मौज्दात रहेको भनिएको छ । यद्यपि देशभित्रै केही पहाडी जिल्लामा मलको ढुवानीमा समस्या भइरहेको खबर पनि आएको छ । त्यस्तो हो भने सम्बन्धित निकायले त्यसको आपूर्ति व्यवस्थापनमा सहजीकरण गरोस् भन्न चाहन्छु ।

सम्बन्धित सामग्री

व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं, १९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका हुन् । “हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध […]

ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्र्थी सङ्घ काठमाडौँ शाखाले शनिबार काठमाडौँमा आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले …

ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गर्नुपर्ने बताएका छन्।...

‘प्रत्यक्ष लड्ने महिलाको चुनाव खर्च राज्यले बेहोर्ने व्यवस्था होस्’

प्रत्यक्ष निर्वाचनमा महिलालाई आकर्षित गर्न पनि चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था आवश्यक रहेको महिला सांसदहरूको भनाइ सांसदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्ने महिलाको चुनावी खर्च राज्यले व्यहोर्नुपर्ने प्रस्ताव गरेका छन् ।  निर्वाचन...

‘राज्यले संवैधानिक दायित्व बिर्सियो’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले राज्यले संवैधानिक दायित्व बिर्सिएको बताएका छन्। मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, सामाजिक सेवाको पक्षहरु राज्यको दायित्वभित्र पर्छ भन्ने संवैधानिक व्यवस्था रहे पनि राज्यले त्यो पूरा गर्न नसकेको बताए। उनले यसको प्रमाण हरेक वर्षको शिक्षा क्षेत्रमा घटाइने […]

राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

दाङ : नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।उनीहरूले अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।उनले भने

राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूसँग  भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारीता नदेखाएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन्। उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे। अहिले राज्यमा […]

किसानको उत्पादनमा राज्यले अनुदान दिनुपर्ने

राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन्।...

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।...

राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

कावासोती – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेक क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नवलपुर उद्योग संघको दोस्रो साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, […]