राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

दाङ : नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।उनीहरूले अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।उनले भने

सम्बन्धित सामग्री

संघहरूका आफ्नै गुनासा

नेपालमा इक्वेस्ट्रियन संघ छ । पदाधिकारी पनि छन् तर समस्या कहाँनिर छ भने अत्यावश्यक घोडा नै छैन । अन्तर्राष्ट्रिय खेलकुदका धेरै पदक जित्नेमा पर्छ उसु । तर उसुका पदाधिकारीलाई लागेको छ, यो खेललाई हेप्न काम भएको छ । उसुका मागलाई बेवास्ता मात्र गरिन्छ । अनि कुस्ती । विशेषतः तराईतिर लोकप्रिय यो खेल हाम्रोमा अझै पनि माटोमै खेलिन्छ, जबकि खेल्नुपर्ने म्याटमा हो । कुस्ती संघसँग म्याट नै छैन, खेलाडी के मात्र गरोस् ?