पोखरा – आइतबार उज्यालो रहेको पोखराको आकाश सोमबार एकाएक अँध्यारो बन्यो। दिन ढल्नै लाग्दासमेत खुल्न सकेन। आकाशजस्तै मधुर मलिन छ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा भेटिने हरकोहीको मुहार। रोग बोकेर अस्पतालमा आउने धेरै शोकले गलेर आएका छन्। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरीपुल नजिकै सेती खोंचमा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा […]