काठमाडौं : हिजो देखिको निरन्तर वर्षाका कारण चितवनको पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ।राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेस्टुरेन्ट डुवानमा परेका हुन्। राप्ती खोलामा यो वर्षकै ठूलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए।सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेस्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटाभन्दा बढी होटलमा बाढी पसेको रेग्मीले बताए। वर्षा निरन्तर भइरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्नसक्ने बताइएको छ।
'बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन,' वडाध्यक्ष भण्डारीले भने, 'थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ।'...
२५ साउन, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल […]
काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ।
मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको…
काठमाण्डाै - भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ ।
गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित पानी घाटमा हिमचुली खोलामा आएको बाढी बस्तीमा पसेको छ । बस्तीमा बाढी पसेपछि प्रहरी वृत्त थानकोटका डिएसपी डिल्ली नारायपण पाण्डेसहितको प्रहरी टोली र नेपाली सेनाको टोलीले त्यहाँ फसेका मानिसहरूको उद्धार गरेका छन् । बस्तीमा बाढी पसेर स्थानीय जित बहादुर तामाङको घरको सामान पुरेर करिब ७ लाख २० हजारको क्षति गरेको छ । स्थानीय पूर्ण बहादुर थिङको घरमा पसेको बाढीले करिब १ लाखको क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए
काठमाडौं : अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनोहरा खोला सुकुम्वासी बस्तीमा पसेपछि डुबानमा परेका करिब ७० घरपरिवारको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ। बस्तीमा पानी छिरेको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्वार कार्यमा सक्रियतासाथ जुटेको हो। यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको बहाव बढेर डुबानमा परेका करिब एक सय घरपरिवारको सशस्त्र प्रहर
खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिन्डर बगाएका छन् । उनले भने, “यहाँका सिलिन्डर बगाएर सौराहा सम्म पुगेका छन् ।” बाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ ।उद्योगमा १० देखि १५ हजार सिलिन्डर रहन्छ । के कति सिलिन्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको
हिमाली जिल्ला मनाङमा भारी वर्षासँगै आएको बाढीले सदरमुकाम चामेको जनजीवन प्रभावित भएको छ । भारी वर्षासँगै चामे गाउँपालिका–४, नयाँ वजारमा बाढी पसेपछि जनजीवन प्रभावित भएको हो ।चामेको नयाँ बजार नजिकै रहेको घट्टे खोलामा आएको बाढी शुक्रबार अपरान्ह बजार क्षेत्रमा पसेको हो । खोलामा पानीको बहाव बढेको र नयाँ बजारको सानो पुलमा बाढीसँगै आएका मुढाहरूले खोला […]