काठमाडौं : हिजो देखिको निरन्तर वर्षाका कारण चितवनको पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ।राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेस्टुरेन्ट डुवानमा परेका हुन्। राप्ती खोलामा यो वर्षकै ठूलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए।सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेस्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटाभन्दा बढी होटलमा बाढी पसेको रेग्मीले बताए। वर्षा निरन्तर भइरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्नसक्ने बताइएको छ।