कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणाः चार ‘ब’ को अवधारणासहित निर्वाचनमा होमिने

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । दुईपटक केन्द्रीय सदस्य रहिसक्नुभएका पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे विजयी

काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

कर्ण थापासँग मतान्तर जोगाउँदै बद्री पाण्डे

१७ मंसिर, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले एमाले उम्मेदवार कर्ण थापासँग  मतान्तर जोगाइरहेका छन् । पाण्डे २ हजार ६४६ मतान्तर मतान्तरसहित अग्र स्थानमा छन् । शनिबार बिहान ८:१५ बजेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस नेता पाण्डे १२ हजार ७०५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत पाएका छन् । […]

बाजुरामा विरासत जोगाउने एमालेको कसरत, कमब्याकको तयारीमा कांग्रेस

बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच रोचक भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ । दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]

कांग्रेस पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसकाे पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा डा. शेखर काेइराला समूहका बद्री पाण्डे निर्वाचित हुनुभएकाे छ । कांग्रेसकाे निर्वाचन समितिका अनुसार आज शुक्रवार भएकाे मतगणनामा पाण्डे दुई हजार चार सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयाे ।  याेसहित नेपाली कांग्रेसकाे आठ महामन्त्रीमध्ये ६ जनाकाे मत परिणाम आइसकेकाे छ ।

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । भने सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । सभापति पद र […]