काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गरेका छन्।रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने दाबी गरेका हुन्। उनले भने, ‘हामी ठिक ढंगले अगाडि गयौं भने म फेरि पनि भन्छु- राष्ट्रिय प्रजातन्त्र पार्टी आउने संसदमै पहिलो