मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । उनले भने, “महिनौं दिनपछि