सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको  बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातीसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको  नगरप्रमुख दुर्गाकुमार थापाले  । तटीय क्षेत्रमा  डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ । रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म  पानीको बहाव नदी किनार पार गरेर ३०० म

सम्बन्धित सामग्री

सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्यो मनुसुन, अब देशैभरि फैलियो

यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । आज १२ गते आइतबार सुदुर पश्चिम प्रदेशमा मनुसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आज विशेष बुलेटिन जारी गर्दै यस वर्षको मनसुन प्रणाली  आज मिति २०७९/०३/१२ गते  सुदुर पश्चिम प्रदेशमा प्रवेश गरेको जनाएको हो ।  नेपालको प्रदेश नं १ मा २०७९/०२/२२ , मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा २०७९/०२/२६ र लुम्बिनी तथा कर्णाली प्रदेशमा २०७९/०३/१० मा मनसुन प्रणाली आगमन भएको थियो । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडीनै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।सुदुर पश्चिम प्रदेशमा मनुसुन प्रवेश गरे संगै अब देशभर मनसुनी वायुको प्रभाव रहने छ । देशभर मनसुन फैलिएसंगै देशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

निरन्तर वर्षाले सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

इटहरी । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै […]

एक्कासी किन पर्‍यो यति ठूलो पानी?

केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन। शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो। किन एकाएक यत्रो ठूलो पानी…