मकवानपुर - १ एमालेका थापासंग मतान्तर बढाउँदै कांग्रेसकी डिना

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर(१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् । डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् । यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।...

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।...

मकवानपुर जीतपुर सिमरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश

बारा । मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टाईव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हाे । मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल […]

नेकपा बहुमतका मकवानपुर इञ्चार्ज र सेक्रेटरी पक्राउ

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका मकवानपुर इञ्चार्ज र सेक्रेटरीलाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इञ्चार्ज ध्रुव खड्का ध्रुव र सेक्रेटरी विक्रम राना शक्ति छन् ।  उनीहरूलाई हेटौँडा...

मकवानपुर गोल्डकप आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली...

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

हेटौंडा – साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो। आर्मीले […]

आर्मी मकवानपुर गोल्डकप च्याम्पियन

मकवानपुर (हाम्रो खेलकुद) – घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन […]

चौंथो मकवानपुर गोल्डकप यही १९ गतेबाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...

मकवानपुर गोल्डकप जेठ १२ बाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले

मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ

मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने÷परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।बैठकले बैशाख १४