सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

सम्बन्धित सामग्री

चितवनमा धान उत्पादनमा न्यून वृद्धि

मंसिर १४, चितवन । चितवन जिल्लामा चालू आर्थिक वर्ष ०७८/०७९ मा गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा धान उत्पादनमा न्यून वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्र, चितवनका अनुसार चालू आर्थिक वर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन हुने भएको थियो भने गत आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६/०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।  ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यसवर्ष बेमौसमी वर्षाका कारण दाना लागेको र पाकेकोे धानमा १२ प्रतिशत धान क्षति हुँदा अपेक्षा अनुसार धान उत्पादनमा वृद्धि नभएको जानकारी दिए । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो, प्रमुख पाण्डेले भने, तर बेमौसमी वर्षाले गर्दा कुल उत्पादनमा त्यति वृद्धि हुन सकेन ।’ प्रधानमन्त्री  कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गत वर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यस वर्ष पाकेको र काटेर सुकाईएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताए । ‘पोहोेर साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी वर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उनले भने ।  चितवनमा लगाइएको धानमा यस वर्ष बाढी र वर्षाले क्षति भएपनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाइ छ । उनका अनुसार धानको कुल उत्पादन अपेक्षित वृद्धि नभएपनि उत्पादकत्वमा भने वृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमीनको प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।  चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा पर्दछ । यहाँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।  चितवनमा २२ हजार हेक्टर हाराहारी वर्षे धान र ७ हजार ५०० हेक्टरमा चैते धान रोपाई गरिंँदै आएको छ । यहाँ सावित्री, साँवा मन्सुली, बहुगुणी र हर्दिनाथ–१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबैभन्दा बढी उत्पादकत्व हर्दिनाथ –१ को रहेको छ ।

सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

कर्णालीमा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं। नेपालका सात वटा प्रदेशमध्ये कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा ६२ प्रतिशत भूभागका रोपाई सकिएको छ। कर्णालीमा ३८ हजार ३८५ क्षेत्रफलमा धान रोपिँदै आएको छ। जसमध्ये आजसम्म २३ हजार ८५० क्षेत्रफलमा धान रोपिएको बताइएको छ। यसैगरी हालसम्म सबैभन्दा प्रदेश–२ मा जम्मा १० प्रतिशत भूभागमा रोपाई सकिएको छ।

सुदूरपश्चिममा सबैभन्दा धेरै रोपाई दार्चुलामा

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो ।  प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४…

म्याग्दीका लेकाली क्षेत्रमा धान रोप्ने चटारो

म्याग्दी । तीव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण र यसलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरंजा, गौश्वारा, सिम लगाएतका सिंचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो साताको सुरुवातदेखि नै रोपाइँ शुरु भएको हो ।   म्याग्दीको शहरी क्षेत्र भन्दा बढी ग्रामिण क्षेत्रहरु अहिले कोरोना सङ्क्रमणको चपेटामा  परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषकले नाक,मुखमा मास्क र खल्तीमा सेनिटाइजर सहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्र  समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ । जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ ।  जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।  यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा आफ्नो खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् । कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।