तीज महोत्सव ‘सृजनशील उद्यमी मेला’ आयोजना हुँदै

तीज महोत्सव–२०८० ‘सृजनशील उद्यमी मेला’ आयोजना हुने भएको छ । महिला सृजनशील केन्द्रको आयोजनामा हरेक वर्ष तीज महोत्सव हुने गर्छ । आगामी भदौ १५ देखि १७ गतेसम्म चल्ने मेलामा यसपटक गत वर्षभन्दा विशेष आकर्षक कार्यक्रम, प्रस्तुती र स्टल रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यस वर्षको तीज मेला २०औं संस्करण भएकाले विशेष हुने आयोजक संस्थाकी अध्यक्ष्य मिलु थापाले बताइन् ।

सम्बन्धित सामग्री

२० र २१ मंसिरमा नेपालगञ्ज कन्क्लेभ हुने

नेपालगञ्ज कन्क्लेभको दोस्रो संस्करण आगामी २० र २१ मंसिरमा बाँकेको नेपालगञ्जमा हुने भएको छ । समृद्ध र दिगो भविष्यको बाटोमा  थिममा गर्न लागिएको कन्क्लेभमा विभिन्न आठवटा सत्रमा बहस हुनेछ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कन्क्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डसले आयोजना गर्दै आएको छ...

२० र २१ मंसिरमा नेपालगञ्ज कन्क्लेभ हुने

नेपालगञ्ज कन्क्लेभको दोस्रो संस्करण आगामी २० र २१ मंसिरमा बाँकेको नेपालगञ्जमा हुने भएको छ । समृद्ध र दिगो भविष्यको बाटोमा  थिममा गर्न लागिएको कन्क्लेभमा विभिन्न आठवटा सत्रमा बहस हुनेछ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कन्क्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डसले आयोजना गर्दै आएको छ...

असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै

स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।

असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै

स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।

नबिल बैंकको प्रायोजनमा 'द नेशनल बैंकिङ्ग डिस्कोर्श' आयोजना हुँदै

काठमाडौं । अर्थतन्त्रको वर्तमान अवस्थामा देखिएका समस्या र समाधानका उपाय निकाल्ने उद्देश्यले आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ (The National Banking Discourse-2023) आयोजना हुने भएको छ । बैंकिङ समाचारले आयोजना गर्ने उक्त संवाद कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको छ । कार्यक्रम आगामी जेठ २ गते मंगलवार काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुने छ ।  के हो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रम ?  ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दीगो अनी समावेसी विकासका लागि वित्तीय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा मुलभूत छलफल हुने कार्यक्रम भएको बताइएको छ । यस्तै आजको बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिती, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाब लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको समस्याको समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ । सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । विश्व कोभिड माहामारीबाट तङ्ग्रीदै गर्दा शुरू भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मूल्य वृद्धिलाई निम्त्याएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यान केन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो । कार्यक्रमा अर्थमन्त्री,  गर्भनर, अर्थविद्ध लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिति हुने छ ।

आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुँदै

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । “यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।  ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

प्लाष्टिक प्रदर्शनीको आयोजना हुँदै

प्लाष्ट नेपाल फाउण्डेसनले जेठ १२, १३ र १४ गते राजधानीको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’  हुने भएको छ । सो क्रममा प्लाष्टिक प्रदर्शनीको आयोजना हुने आयोजकले जनाएको छ ।  तेस्रो संस्करणको प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीसहित करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।  महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान...

५ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुँदै

असार १५, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले भदौ १७ गतेदेखि २१ गतेसम्म ५ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै उक्त मेला भर्चुअल माध्यमबाट हुने आयोजकले बताएको छ । उक्त व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाहरुको पनि सहभागिता रहने छ । मेलाको उद्यदेश्य नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबर्द्धन गर्ने रहेको छ । मेलामा अन्तरराष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एशिया फाउन्डेशन (भिसा) लगायतका संस्थाहरुले सहयोग गर्ने बताइएको छ ।  मेलामा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् । अन्तरराष्टिय महिला उद्यमी व्यापार मेलाले महिला उद्यमीहरुको श्रम र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा पनि उनीहरुको पहिचान बनाउन सघाउ पुर्‍याउनुका साथै उनीहरुलाई अगाडी बढन प्रोत्साहित गर्ने महिला उद्यमी महासंघ नेपालले बताएको  छ । मेलामा ३०० भन्दा बढी भर्चुअल स्टल रहने बताइएको छ ।