नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको बताउनुभएको हो ।