काठमाण्डाै – ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रका हस्ताक्षर भएकाे छ ।
आज बिहीवार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा यस कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका बिजुली गाडी खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ ।
...