काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् । नेपाल र गुप्ताको मतान्तर ७ हजार रहेको छ ।
काठमाडौं - ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् । उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार
काठमाडौं, ६ मंसिर । काठमाडौं–८ को प्रदेशसभा (क)बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ३७ सय ११ र कांग्रेसका उम्मेदवारले ३६ सय ७० मत प्राप्त गरेका थिए ।
६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]
५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म २ हजार मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्।
काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्।
विराजभक्त श्रेष्ठले ६०७ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ५९१ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर…
आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् ।उनीहरूसँ
काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मनोनयन दर्ता शुरु भएको छ । आज (आइतबार) विहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो । मनोनयन दर्ता सुरु भएसँगै देशका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका नेताहरुले उम्मेदवार दर्ता गर्नेछन् । मनोनयन दर्ता प्रक्रियाकै क्रममा काठमाडौं क्षेत्र नम्बर-८ मा नेकपा (एमाले)ले […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । ‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले
काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना सुरु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् । उनले १०० मत गन्दा ४८ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले २२ भोट र एमालेका केशव स्थापितले १ भोट मात्र प्राप्त गरेका छन् । यो पशुपति क्षेत्र […]