काठमाडौं ८ मा चुनाव लड्नुस् : ओली, मलाई पुग्यो, नयाँ खोज्नुस् : शाक्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । ‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले