नयाँ वर्षको दिन धरानका मन्दिरमा घुँइचो

धरान (अस) । धरानको विजयपुरमा रहेका मन्दिरहरूमा नयाँ वर्षको पहिलो दिन बिहीवार दर्शनार्थी एवं धार्मिक पर्यटकको घुँइचो लागेको छ । विशेष पर्व बाहेक विजयपुरका मठमन्दिरमा शनिवार मात्र घुइँचो लाग्ने गरेकोमा बिहीवार नयाँ वर्षको पहिलो दिन भएकाले भीडभाड बढेको हो । नयाँ वर्षको अवसर पारेर धरानसहित मोरङ, सुनसरी लगायत अन्य ठाउँबाट पनि दर्शनार्थी आएको स्थानीय प्रेम श्रेष्ठले बताए । विजयपुर क्षेत्रका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरहरूमा पनि बिहीवार दर्शन तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो । दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालले वर्षको पहिलो दिन बाँकी दिन शुभ रहोस् भन्दै कामना गर्नेहरू मन्दिर आउने बताए । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव एवं समाजसेवी उत्तम आले मगरका अनुसार दिउँसो १ बजेसम्म पनि दर्शनार्थीको भीड थियो । धरान–१४ मा पौराणिक एवं ऐतिहासिक महत्त्वका पिण्डेश्वर, दन्तकाली र पञ्चकन्या मन्दिरमा धार्मिक पर्यटकको घुँइचो लागेको हो । नयाँ वर्षको पहिलो दिन मन्दिर दर्शन गर्दा शुभ हुने विश्वासले आफू परिवारसहित आएको इटहरीका बाबुराम भण्डारीले बताए ।

सम्बन्धित सामग्री

गत वर्ष भन्दा यस वर्षको पुस न्यानो

गत वर्षको भन्दा यसवर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ।...

यस वर्षको मनसुन बाहिरीयो

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभागबाट बाहिरिएको छ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।...

आर्थिक वर्षको पहिलो महिनामै सरकार घाटामा

गत आर्थिक वर्षको अर्थतन्त्रको सम्पूर्ण तथ्यांकले सुधारको संकेत देखाएको भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामै सरकार घाटामा गएको छ । सरकारको आम्दानी गत वर्षको तुलनामा झन घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा सरकारले ८८ अर्ब १३ करोड अर्थात् कुल लक्ष्यको ५.९९ प्रतिशत आम्दानी गरेको छ । जबकि गत आवको सोही महिनामा सरकारले …

४ वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरु

३० कात्तिक, काठमाडौं । ललितकला कला क्याम्पसमा अध्ययनरत ४ वर्षे बीएफए (ब्याचलर अफ फाइन आर्टस्) पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू गरेको छ । चैतमा हुनुपर्ने परीक्षा अहिलेसम्म नभएको र भर्ना नखोली दोस्रो वर्षको अध्यापन थालेपछि विद्यार्थीहरु अलमलमा परेका छन् । विद्यार्थी विख्यातप्रसाद हयजु भन्छन् ‘चैतमा परीक्षा फाराम भरायो तर परीक्षा अझै भएको […]

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

कांग्रेसले यो वर्षको दसैं तिहारमा चियापान नगर्ने

नेपाली कांग्रेसले यो वर्षको दसैं र तिहारलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिामा चियापानको आयोजना गर्ने गरेको थियो । यो वर्ष सोहि दिन मंसिर ४...

नयाँ वर्षको सुरुवात आध्यात्मिक उत्सवबाट

वैशाख १ गते अर्थात् नयाँ वर्षको सु–अवसर पारेर काठमाडौंको टुँडिखेलमा हजारौं संन्यासी तथा गैरसंन्यासीहरूले एकैसाथ आध्यात्मिक उत्सवका साथ नयाँ वर्षको स्वागत गरेका छन् । ओसो तपोवन र ओम मिडिया नेपालको सहकार्यमा आयोजना भएको उत्सवमय नयाँ वर्षको स्वागत कार्यक्रमले जीवनलाई आनन्दित बनाउन ध्यान, नृत्य तथा गायन पनि प्रस्तुत गरेको थियो । अभियानमा ध्यान, नृत्य र संगीतले […]

सुकीलाई फेरि चार वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी नेतृ आङ सान सुकीविरुद्ध फेरि चार वर्षको जेल सजाय सुनाएको छ। सुकीले अनुमतिबिना सञ्चारसेट वाकी–टकी राखेको आरोपमा अदालतले उक्त सजाय सुनाएको हो।गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारमाथि ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सुकीविरुद्ध सैन्य अदालतले गत डिसेम्बरमा कोरोना प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सजाय कम गर्दै साढे दुई वर्ष बनाइएको थियो।सुकीलाई सुनाइएको सजायको अन्तर्राष्ट्रिय स्तरमा निन्द

पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए । पोखरामा नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना गरिएको छ ।

यस वर्षको मनसुन खतरायुक्त हुने, अघिल्लो वर्षको भन्दा धेरै वर्षा

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भन