नेपाली रङ्गमञ्चको परम्परा खोज्दै जाँदा लोकनाटकमा गएर जोडिन्छ । तर लेख्य परम्पराको इतिहास हेर्दा अनुवादबाट आएको देखिन्छ । नेपाली भाषामा अनुवाद भएको पहिलो नाटक ‘हास्यकदम्ब’लाई मानिएको छ । अनुसन्धानकर्ता डा. अशोक थापाका अनुसार विसं १८५५ सालमा प्रकाशित यस नाटकका अनुवादक शक्तिबल्लभ अर्यालले गरेका हुन् । यसपछि पहलमान सिंह स्वारले नेपाली भाषाको मौलिक नाटक ‘अटलबहादुर’ (१९६३) लेखे । यीे कृतिका हिसाबले हेर्ने हो भने नेपाली नाटकको इतिहास करिब दुई सय पच्चीस वर्ष लामो छ । तर त्यो